पार्टी सदस्यता भन्दा स्वाभिमान ठुलो भएकाले उम्मेदवारी फिर्ता लिएनौ

आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता सम्पन्न भई असोज २६ गते १३ बजेसम्म उम्मेदवारी फिता लिने समय निर्वाचन कार्यतालिकामा रहको छ । धादिङ जिल्लामा गठवन्धन गरेर चुनावमा गएका कारण, आफुलाई टिकट नदिई अर्को व्यक्तिलाई वा अर्को समूहलाई दिएका कारण, गठवन्धनले अर्को पार्टीका नेतालाई उम्मेदवार बनाएका कारण र आफु पनि उम्मेदवार हुन सक्षम छु भनेर एमालेका नेता र कांगे्रसका नेतृले उम्मेदवारी फिर्ता लिएनन् । आफहरुले उम्मेदवारी फिर्ता नलिदाँ पार्टीले साधारण सदस्यबाट पनि हटाउन कुराको जानकार हुदाँहुदै पनि पार्टी सदस्य भन्दा स्वाभिमान ठुलो भएकाले उम्मेदवारी फिर्ता लिएनौ । यसरी उम्मेदवारी फिर्ता नलिनेमा एकालेका नेता नेत्रराज पौडेल र नेपाली कांगे्रसकी नेता देवीकुमारी पाण्डे वुर्लाकोटी छिन् ।
लोकतन्त्र सिद्धान्तमा मात्र भयो व्यावहारमा देखिएन : पाण्डे
त्रिपुरासुन्दरी गाँउपालिकाकी पूर्व उपाध्यक्ष एंव गाँउपालिका राष्ट्रिय महासघ केन्दीय सचिव देवीकुमारी पाण्डे वुर्लाकोटीले धादिङ प्रतिनिधि सभा २ (ख) बाट बागमती प्रदेश सभा सदस्यमा स्वतन्त्रण उम्मेदवारी दिएको बताईन । म २०५१ नेपाली कांग्रेसको सदस्याता लिएर २०५४ सालमा क्रियाशिल सदस्य लिएर पार्टीमा कुनै न कुनै भुमिकामा सक्रिय रहदै आएको थिए । अहिलेपनि उम्मेदवारी दर्ता गराउनु अघिसम्म महासमिति सदस्य थिए । नेपाल शिक्षक यूनियन, नेपाल शिक्षक संघमा रहेर काम गरे । पार्टीले कामको मूल्यांकन गरेर स्थानीय तहमा एक पटक उम्मेदवार बनायो जिते पनि । तर पार्टीले लोकत्रन्त्र सिद्धान्तमा पढायोे । लोकतन्त्र व्यवहारमा देखाएन । त्यस कारण स्वतन्त्र उम्मेदवार बन्न पुगे । मेरो उम्मेदवारी नेपाली कांग्रेसलाई चुनौती पनि हो । म स्वतन्त्र भएर उम्मेदवार भएपछि नेपाली कांग्रेस पार्टीले मलाई कार्वाही गर्नुको कुनै अर्थ छैन । नेपाली कांग्रेस पार्टी एक जना व्यक्तिलाई के मन लाग्छ । त्यसै गरी चल्ने पार्टी भयो । त्यसैमा केही नेताहरु हो मा है मिलाएर दगुर्न थाले । त्यो प्रवृति मलाई मन परेन र स्वतन्त्र भएर उम्मेदवारी दिए । पार्टीमा पारदर्शिता, निवष्ठा, इमान्दारीता, आन्तरिक लोकतन्त्र सवै दिगम्वत भएका नेताहरुसंगै सति गयो जस्तो लाग्छ । सरकार चलाउन एक दलसंग बहुमत नहुदाँ अर्को संग मिलेर सरकार बनाउनु कानूनी मान्यता हो । तर आवधिक चुनावमा नै गठवन्धन गरेर जाने कुराले पार्टीलाई होस या देशको हित गदैन । चुनावमै गठवन्धन गर्ने हो भने किन पार्टी फरक बनाउने ? पार्टी नै एउटै बनाए भइगयो । मेरो उम्मेदवारी पार्टी भित्र आन्तरिक लोकतन्त्र प्रर्वधन गर्न हो । सवै क्षेत्रबाट विद्रोह नगरेसम्म मुख्य नेतृत्व सुध्रिदैन । मुख्य नेतृत्व नसुध्रेसम्म देशको उन्नती हुन सक्दैन ।
नेतृत्वको गलत प्रवृतिको विद्रोह गरेर मेरो उम्मेदवारी : पौडेल
नेपाल कम्पुनिष्ट पार्टी धादिङका पूर्व अध्यक्ष नेकपा पार्टी विभाजन पश्चात अध्यक्ष पद छाडेर निस्क्रिय बसेका थिएँ । प्रदेश कमिटीमा सदस्य बनाएका थिए । मैले बैठकमा समेत सहभागी भएको थिइन । जिल्ला तहका, प्रदेश तहका, केन्द्रीय पदाधिकारीहरुले समेत तपाई पार्टीमा सक्रिय हुन पर्यो भनेर आग्रह गर्नु भयो । मैले उम्मेदवारी दताृको काम सक्नुस । निर्वाचनका वेलमा पार्टीको बफदार कार्यकता भएर आउँछु भन्दा नेताहरुले चुनावमा उम्मेदवार हुन तयार भएर आउनु भने । तर टिकट प्रदेश कमिटीले सिफरिस नगरेको व्यक्तिलाई दिएपछि मसंग विकल्प राजनीति आत्मा हत्या बाहेक केही रहेन । २०३८ साल संस्थापक नेता राजेन्द्र प्रसाद पाण्डे र जगन्नाथ नेपालको राजनीति प्रशिक्षणबाट अनेरास्ववियुको राजनीति शुरु गरेको हुँ । २०३९ सालमा प्रारम्भिक कमिटिी, २०४१ सालमा जिल्ला कोषाध्यक्ष हुदै २०४३ सालमा तत्कालिन मालेको इलाका कमिटी सचिव भए । २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरे । २०४८ सालमा एमाले जिल्ला कमिटी सदस्य भए । २०५४ सालमा जिल्ला विकास समिति सदस्य भए । निरन्तर पार्टी कमिटीमा काम गरिरहे । २०६५ सालमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भए । एमाले र माआृवादी केन्द्र एकीकरण पछि नेकपाको जिल्ला अध्यक्ष भए । उम्मेदवारी दताृ गराउनु अघिसम्म नेकपा एमाले बागमती प्रदेश कमिटीको सदस्य थिए । म पार्टी नेतृत्वहरुको गतिविधि मन नपरेर विश्राम लिएर बसेको थिए । पार्टीका जिल्ला, प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारीले नै पार्टी संकटनमा परेका तपाइलाइ नै थाहा छ । तपाई प्रदेश सभाको उम्मेदवार बन्ने गरी तयार हुन गरेको आग्रहलाई जर्वजस्त स्वीकार गरेर अघि बढ्नु अघि नरेश खतिवडा र रमेश आर्चायसंग समेत परार्मश गरेर अघि बढेको थिए । खतिवडाले तपाई आउने हो भने म इच्छा जाहर पनि गर्दिन भन्नु भयो । आर्चायले म पाए संघमा हुने हो प्रदेशमा तपाइनै हो भन्यो । अन्तिमा मलाई राजनीति आत्मा हत्याको बाटोमा पुर्याउन केन्द्रीय पदाधिकारी समेत लागे । मैले पार्टी कमिटीमा उम्मेदवारीमा नाम लेखाउनु अघि जगन्नाथ नेपालले टिकट पाउनु भएन भने म प्रस्तावक बन्छु भन्नु भयो । पार्टी अध्यक्ष भुमि प्रसाद त्रिपाठीले तापाईले टिकट नपाए म पनि टिकट फिर्ता गर्छु भन्नु भयो । म पुरा पुर विश्वस्त भएर अघि बढे । अघि बडिसकेपछि नेता कार्यकर्ता मतदातासम्म उम्मेदवार हुने चर्चा पुगिसकेकोले पार्टी नेतृत्वको गलत प्रवृतिको विद्रोह गरेर मेरो उम्मेदवारी भयो । म फिर्ता लिने पक्षमा छैन । पार्टीले आधिकारी उम्मेदवारको फिर्ता लिएर मलाई पार्टी नेता कार्यकर्तासंग जोडे ठिकै छ । पार्टीले कार्वाही गर्नुको कुनै अर्थ छैन म स्वतन्त्र भएर उम्मेदवारी दिएको हुँ ।
तस्वीर :
१. सत्तापक्षीय गठवन्धनबाट विद्रोह गरी धादिङ प्रतिनिधि सभा २ (ख) बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेकी देवी पाण्डे ।
२. एमालेबाट विद्रोह गरी धादिङ प्रतिनिधि सभा १ (क) बाट प्रदेश सभा दस्यको स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेल ।