Logo

सिद्धार्थ क्यापिटलको १०औं वार्षिकोत्सव

सिद्धार्थ क्यापिटलले १०औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न आकर्षक योजनाहरू पनि घोषणा गरेको छ । १० जनालाई हितग्राही खातामा १० वर्षको वार्षिक शुल्क मिनाहा गर्ने, सिद्धार्थ एसआइपीमा सहभागी हुने ५० भाग्यशालीलाई सिद्धार्थ व्यवस्थित लगानी योजनाका १०० वटा इकाइ प्रदान गर्ने र लगानी व्यवस्थापन सेवा प्राप्त गर्नेे ग्राहकलाई ५० प्रतिशत वार्षिक शुल्क मिनाहा गर्ने जस्ता ग्राहक लक्षित योजनाहरू कम्पनीले घोषणा गरेको छ ।
त्यस्तै कम्पनीले स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी अनुसन्धानमुलक लेखन प्रतियोगिता पनि आयोजना गर्ने घोषणा गरेको छ । आफ्नो व्यावसायिक यात्रा १० वर्ष पुगेको अवसरमा कम्पनीले कर्मचारीको संलग्नतामा विभिन्न कार्यक्रमहरू, वृक्षारोपण र रक्तदानलगायतका सामाजिक उत्तरदायित्व सम्बन्धि गतिविधि पनि सञ्चालन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्