महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेका छन् ।
बैंकको मकवानपुरस्थित कमाने शाखाद्वारा हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीलाई सहज बनाउन सो सहयोग गरेको बैंकले जनाएको छ ।
बैंकको तनहुस्थित आबँुखैरेनी शाखाले आबँुखैरेनी क्याम्पसलाई पंखा हस्तान्तरण गरिएको छ । बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा सहज बनाउन १५ थान पंखा हस्तान्तरण गरेको हो ।
बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र मन्दिर परिसरमा घुम्न आउने जेष्ठ नागरिकलाई आराम गर्न सहयोग गर्न सहयोग गरेको बैंकले जनाएको छ ।
यस्तै बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरमा सिसी क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सिसी क्यामेरा जडान गरेको हो ।