लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन

लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्त संस्थाहरूले लगाएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानलाई नि:शुल्क ऋण दिनुपर्ने, आवश्यकता र क्षमतामा आधारित काम र रकमको व्यवस्था गर्नुपर्ने माग गरिएको उनले जानकारी दिए ।
संघर्ष समितिले समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने समेत जनाएको छ ।