Logo

हुण्डाईद्वारा विजेता घोषणा

हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ, वाच लाइभ फिफा वल्र्डकप २०२२’ को विजेता घोषणा गरेको छ ।
यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउने कम्पनीले जनाएको छ । ११ अक्टोबर २०२२ मा यसको लक्की ड्र गरिएको थियो। सोमा २ जना विजेताहरु छनौट भएका हुन् ।
शेरबहादुर जिसी र हस्तमाया गुरुङ विजेता घोषित भएका हुन् । दुवैले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाई नेपालले व्यहोर्नेछ ।

प्रतिक्रिया दिनुहोस्