Logo

रोजगारी र अध्ययनका लागि विदेशिन बाध्य नेपाली

यतिबेला सिंगो देश नै दसैंमय बन्दा केही मानिस भने विदेश जान बाध्य छन् ।
बुधबार सम्पूर्ण नेपालीहरू महान चाड विजया दशमी मनाइरहँदा रोजगारी र अध्ययनका लागि केही मानिसहरू रातो टीका र जमरा लगाएर विमानस्थलमा परिवारसँग छुट्टिँदै थिए । बुधबार बिहान दसैंको टीका लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुसी र दु:ख एकैसाथ साट्दै गरेको देख्न सकिन्थ्यो ।
अधिकांश नेपालीहरू दसैंँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । तीमध्ये अधिकांश युवा छन् । रहरले भन्दा पनि बाध्यतामा परेर आफूहरू चाडबाडको मुखमा घर परिवार छोडेर विदेश जान लागेको उनीहरू बताउँछन् । उनीहरू अहिले दसैंँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू बिदेसिन लागेको बताउँछन् । महान चाड बडादसैंँको बेलामा सयौं युवाहरू रोजगारीका लागि बिदेसिन बाध्य छन् । घरपरिवारबाट बिदा भइ खादा र टीका लगाई बिदेसिने युवाहरूको जमात विमानस्थलमा बाक्लै देख्न सकिन्छ । पर्वमा घर परिवारलाई छाडेर वैदेशिक रोजगारका लागि खाडीमुलुक जान लागेका युवाहरूको मन भारी छ । यद्यपि हातमुख जोर्ने बाध्यताले चाडबाड मनाउने सुविधा भने दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्