ज्योति विकास बैंकको नयाँ शाखा ठमेलमा

प्रमुख अथिति काठमाडौं महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमकाबीच बिहीबार संयुक्त रूपमा ज्योति विकास बैंकको ठमेल शाखा कार्यालय उद्घाटन भयो । निकट भविष्यमा नै १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको भन्दे बैंकले सञ्चालनमा आएको दसौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे जनाएको छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटीएम सेवा, ३६५ दिने बैंकिङ सेवासमेत उपलब्ध गराएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट १३ अर्ब ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १२ अर्ब ४३ करोड ऋण लगानीगर्न सफल भएको छ । बैंकले हालै जारी गरेको बोनस सेयरसमेत गरी कुल चुक्तापुँजी २ अर्ब ५९ करोड रुपैयाँ पुगिसकेको छ ।