हकप्रद जारी गर्न मल्टीपर्पस फाइनान्सलाई स्वीकृति

मल्टीपर्पस फाइनान्स लिमिटेडलाई हकप्रद सेयर जारी गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
राष्ट्र बैंकले स्वीकृति दिएसँगै कम्पनीले हाल कायम चुक्तापुँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासन गर्नेछ ।
कम्पनीको आगामी साधारणसभा तथा विशेष साधारणसभामार्फत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरी हकप्रद सेयर निष्कासन गर्ने बताइएको छ ।