चौपाया तथा पशुपन्छी ढुवानीमा विभिन्न समस्या हुँदा उपत्यकावासीले महँगो मूल्यमा आफूले रोजेको मासु खरिद गर्नुपर्ने बाध्यता देखिँदै आएको छ ।
मासुको आपूर्तिमा आत्मनिर्भर नजिक

मुलुकभरि नै पशुपन्छीको संख्यामा वृद्धि भएको कारणले गर्दा मासुको उत्पादनमा पनि वृद्धि हुन गएको तथ्यांकहरूले देखाएको छ । दसैँ तथा तिहारजस्ता नेपालीहरूको महान् चाडपर्वहरूमा छिमेकी देश भारतबाट ७० प्रतिशत र स्वदेशी उत्पादनले ३० प्रतिशत मासुको उपभोगलाई आपूर्ति गर्दै आएकोमा हाल आएर मासुमा आत्मनिर्भर हुन लागेको सम्बन्धित क्षेत्रले औंल्याउँदै आएको छ । यसमा पनि देशको राजधानी काठमाडौंमा दसैँ तथा तिहारजस्ता पर्वहरूमा मासुको अभाव हुँदै आएको थियो । मूलत: विगत दुई वर्षअघिसम्म विश्वव्यापी कोरोनाको महामारीका कारणले गर्दा खसी, बोका, राँगा, हाँस, कुखुरालगायत चौपाया तथा पशुपन्छीको ढुवानी सहज रूपमा उपत्यकामा हुन नसक्दा अभाव हुने भएको हो । फलत: चौपाया तथा पशुपन्छी ढुवानीमा विभिन्न समस्या हुँदा उपत्यकावासीले महँगो मूल्यमा आफूले रोजेको मासु खरिद गर्नुपर्ने बाध्यता देखिँदै आएको छ । यसर्थ राँगाको मासुबाहेक उपत्यकामा कुल मासु उत्पादनको ६० प्रतिशत खपत हुन्छ । गत वर्ष ४० हजार खसीबोका र २ हजार ५ सय भेडाच्याङ्ग्रा उपत्यकाभित्र खपत भएको थियो । यसरी राजधानीनजिकका किसानहरूले खसीबोका, राँगा, हाँस, कुखुरा उपत्यकामा ल्याई बिव्रmी गर्ने तथ्यांक संकलन हुने नगरेको पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयको भनाइ छ । यसरी हेर्ने हो भने देशको सहरी क्षेत्रमा सबैभन्दा धेरै राँगाको मासु खपत हुन्छ । यसको साथसाथै खपतको ६३ प्रतिशत अर्थात् १ लाख ८५ हजार ९ सय ५५ मेट्रिक टन राँगाको मासुबाट म:म, छोयला, सेकुवा, भुटन, कचिलालगायतका परिकार बनाउने प्रचलन छ । तर, देशभरिको कुरा गर्ने हो भने दसैँमा राँगाको भन्दा खसीबोका बढी खपत हुने गरेको सम्बन्धित क्षेत्रले जनाएको छ । यसरी राँगाबाहेक खसीबोकाको मासु गत वर्ष १ लाख ७५ हजार १ सय ३२ मेट्रिक टन उत्पादन भएको थियो, यो उत्पादनको ४० प्रतिशत दसैँमा मात्र खपत भएको थियो । यसपटक खसीबोकाको मासु उत्पादन बढ्दै गएको छ । अपितु देशमा अढाई वर्षभन्दा अगाडिदेखि फैलिएको कोरोना कहरले गर्दा लाखौँ लाख पशुपन्छीको नोक्सान हुन गएको छ । यसले गर्दा मागबमोजिम उत्पादन हुन सकिरहेको थिएन, जसले गर्दा अर्थशास्त्रको नियमअनुसार माग बढी र आपूर्ति कम भएको कारणले गर्दा मूल्यमा वृद्धि भएको हो । यसरी ७७ वटै जिल्लाहरूबाट आई राजधानीमा करिब ७० लाख मानिसको बसोबास रहेको अनुमान छ । यसर्थ वि.सं.२०७९ को दसैँमा राजधानीबाट करिब २० लाख मानिस बाहिरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको थियो ।
नेपालमा पशुपन्छीको संख्या तथा मासु उत्पादन स्थिति

स्रोत : कृषि तथा पशुपन्छी डायरी, ०७९ ।
देशमा पशुपन्छीको संख्या तथा मासु उत्पादन स्थितिलाई अवलोकन गर्ने हो भने भैंसी/राँगो ५१ लाख ५९ हजार ९ सय ३१, बाख्रा/बोका/खसीको संख्या भने १ करोड ३४ लाख ४२ हजार ६ सय १४, सुँगुर/बंगुर १५ लाख ८८ हजार ८ सय ३८, कुखुराको संख्या भने ७ करोड ३४ लाख १८ हजार ७७, हाँस ४ लाख २७ हजार २ सय २६, भेडाको संख्या ७ लाख ९३ हजार ७ सय २५ गरी मासु उत्पादनका लागि जम्माजम्मी पशुपन्छीहरूको संख्या ९ करोड ४८ लाख ३० हजार ४ सय ११ रहेको उल्लिखित तथ्यांकबाट स्पष्ट हुन्छ । त्यस्तै गरी यी पशुपन्छीहरूको योगदानलाई प्रतिशतको आधारमा हेर्ने हो भने भैंसी/राँगो, बाख्रा/बोका/खसी, सुँगुर/बंगुर, कुखुरा, हाँस र भेडाको संख्या क्रमश: ५.४४, १४.१८, १.६८, ७७.४२, ०.४५ र ०.८४ रहेको देखिन्छ । यसलाई समष्टि रूपमा अध्ययन गर्ने हो भने सबैभन्दा बढी मासुमा योगदान गर्ने कुखुराको देखिन्छ भने सबैभन्दा कम योगदान गर्नेमा हाँसको ०.४५ प्रतिशत रहेको यस ताजा तथ्यांकले देखाएको छ । त्यसरी नै कुन पशुपन्छीबाट के कति मासु उत्पादन भयो भन्ने सवालमा हेर्ने हो भने भैंसी/राँगो, बाख्रा/बोका/खसी, सुँगुर/बंगुर, कुखुरा, हाँस र भेडाको मासु उत्पादन मेट्रिक टनमा क्रमश: १,८८,१७२, ७०,७५५, ३१,४५०, २,२६,९५९, ४४२ र २,९६४ गरी कुल जम्माजम्मी ५ लाख २० हजार ७ सय ४२ मेट्रिक टन मासु उत्पादन भएको देखिन्छ । यसलाई समष्टि रूपमा अध्ययन गर्ने हो भने सबैभन्दा बढी कुखुराको मासु २ लाख २६ हजार ९ सय ५९ मेट्रिक टन उत्पादन भएको देखिन्छ भने सबैभन्दा कम मासु उत्पादन गर्नेमा हाँसको मासु ४ सय ४२ मेट्रिक टन भएको तथ्यांकले देखाएको छ । त्यसरी नै यी विभिन्न पशुपन्छीको सरदर प्रतिकिलो मूल्य हिसाब गर्ने हो भने भैंसी/राँगो, बाख्रा/बोका/खसी, सुँगुर/बंगुर, कुखुरा, हाँस र भेडाको क्रमश: ७५०, १,३५०, ६५०, ३८०, १,०५० र २,००० रहेको देखिन्छ । यस प्रतिकिलो हिसाबलाई मासु उत्पादनको मेट्रक टनमा गुणान गर्ने हो भने क्रमश: १४,११,२९,००० हजार, ९,५५,१९,२५०, २,०४,४२,५००, ८,६२,४४,४२०, ४,६४,१०० र ५९,२८,००० हजार गरी जम्माजम्मी ३ खर्ब ४९ अर्ब ७२ करोड ७२ लाख ७० हजार रुपैयाँबराबरको विभिन्न पशुपन्छीहरूको मासु उत्पादन भएका यसै तथ्यांकले स्पष्ट पारेको देखिन्छ ।
राजधानीमा सञ्चालन हुँदै आएका करिब साढे पाँच हजार मासु पसलबाट थप २० हजार किलोजति काटिएको मासु बिक्री हुने गरेको छ । व्यवसायीले राजधानीमा दसैँका लागि भेडाच्याङ्ग्रा केही संख्यामा बेच्ने गरेको व्यवसायीहरू बताउँछन् । गत वर्ष धेरै घाटा भएकाले व्यवसायीहरूले यसपटक भेडाच्याङ्ग्रा कम ल्याएका थिए । भेडाच्याङ्ग्राको मूल्य खसी बोकाको तुलनामा दोब्बरभन्दा बढी हुने भएकाले राजधानीमा धेरै संख्यामा भेडाच्याङ्ग्रा बिक्री हुँदैनन् । यसपटक व्यवसायीले बढीमा १ हजार ५ सय भेडाच्याङ्ग्रा ल्याउने तयारी गरेको बताइएका छन् ।
नेपालीहरूको सबैभन्दा ठूलो महान् पर्व दसैँतिहार हो । यस महान् पर्वका लागि काठमाडौं उपत्यकाको लागि मात्र ६० हजारभन्दा बढी खसीबोकामा आवश्यक पर्नेसम्बन्धी क्षेत्रले जनाएको छ । खासगरी कन देशमा आयात हुने खसीबोका भारतबाट ८० प्रतिशत हुन्छ भने त्यस्तैगरी छिमेकी मुलुक चीनबाट २० प्रतिशत भेडा च्याङ्ग्रा आयात हुने गरेको छ । यसर्थ खाद्य संस्थानले जनतालाई दिने राहतको नाममा संस्थानले खसीबोकाको मूल्य बजारभाउभन्दा केही सस्तो हुने जनाएको छ । संस्थानले यसपालिको दसैँमा देशका विभिन्न भागबाट खसीबोकाहरू ल्याएने जनाएको छ । संस्थानको भनाइअनुसार एकैचोटि खसीबोका ल्याउँदा राख्ने ठाउँको अभावको कारण एकातिर छ भने अर्कातिर मर्ने सम्भावना बढी भएकाले थोरै थोरै ल्याएर बिक्री वितरण गर्दै जाने बताएको छ । विगत वर्षहरूमा एकैचोटि ३ हजार ८ सय ५५ खसी ल्याएकोमा २ सय ५० वटा खसी मरेर करिब ३६ लाख रुपैयाँ घाटा भएको थियो ।
समग्रमा भन्नुपर्दा अहिले बजारमा भेडाच्याङ्ग्रा ३० देखि ५० हजार रुपैयाँसम्ममा बिव्रmी भइरहेको छ । यसपटकको दसैँ अभावमै बित्ने भएको छ । अलि बढी मेहनत गरेर भए पनि दसैँ तथा तिहारमा राम्रो खाने र राम्रो लाउने आमनेपालीको इच्छामा कोरोना तथा डेंगु महामारीको प्रभाव पारेको हो । अत: दसैँलाई लक्षित गरी विभिन्न हिमाली जिल्लाहरूबाट देशका विभिन्न सहरी क्षेत्रमा भेडाच्याङ्ग्रा आयात भएको छ । यस वर्षको दसैँतिहारलाई तिब्बतबाट भेडाच्याङ्ग्रा आयात नगरिएका कारण तुलनात्मक रुपमा महँगो भएको छ । देशका विभिन्न तराई तथा पहाडी जिल्लाहरूबाट राजधानीलगायत देशका विभिन्न सहरमा खसीबोका ल्याउने कार्य हुँदै आएको छ । तसर्थ सरकारले देशमा आवश्यक पर्ने मासुजन्य वस्तुको विदेशी आयातलाई घटाउनुपर्ने आजको आवश्यकता रहेको छ । यसका लागि देशमा नै विद्यमान साना किसानहरूलाई कृषि ऋण, पशुपन्छी चरणको व्यवस्था, प्राविधिक तालिम, उन्नत जातका पशुपन्छीको व्यवस्था मिलाउने आदि गरी स्वदेशमा नै पशुपन्छीको उत्पादन बढाउन सकियो भने छिमेकी मुलुक भारत र चीनबाट प्रत्येक साल नेपालीहरूको महान् चाडपर्वहरूमा अर्बौं रुपैयाँको मासु आयात गर्नुपर्ने थिएन । यसरी आउने दसैँतिहारजस्ता महान् चाडबाडका बेलामा मासुको माग बढी भएकाले बजारमा निजी व्यवसायीहरूले खसीबोकाको मूल्यमा एकाधिकार नगरुन् भनेर खाद्य संस्थानले उपभोक्ताहरूलाई सस्तो मूल्यमा बिक्री वितरण गर्न सकियोस् भनेर यस्तो किसिमको व्यवस्था मिलाइएको हो । यसरी मासुजन्य उत्पादनमा सबैभन्दा बढी योगदान कुखुराको ७७.४२, बाख्रा/खसी/बोकाको १४.१८, राँगो/भैंसी ५.४४, सुँगुर/बुंगुरको १.६८, भेडाको ०.८४, हाँसको ०.४५ र माछाको १५.६५ प्रतिशत मात्र हिस्सा रहेको तथ्यांकले देखाएको छ । त्यसरी नै कृषि विकास मन्त्रालयका अनुसार मासुको उपलब्धता प्रतिव्यक्ति प्रतिवर्ष १४ किलोग्रामको हाराहारीमा मात्रै छ । हाल काठमाडौंलगायतका ठूला सहरहरूमा खपत हुने अधिकांश मासु आयातमै निर्भर छ । अझ भन्ने हो भने ठूल–ठूला तारे होटलहरूले आफ्ना ग्राहकको स्वाद पूरा गर्न अस्ट्रेलिया र न्युजिल्यान्डबाट समेत भेडाको मासु आयात गर्छन् । यसरी अस्ट्रेलियाबाट वार्षिक ६०/७० लाख रुपैयाँबराबरको भेडाको मासु आयात हुने गरेको अनुमान गरिएको छ ।