ग्लोबल आईएमई बैंकको थप ३ शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले बुधबारदेखि कपिलवस्तु जिल्लाको कपिलवस्तु नरपालिका–९ जगदीशपुरमा आफ्नो ६६औं र बिहीबार नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको हुप्पसीकोट गाउँपालिका– ४, झ्यालबासमा ६७ औं तथा सोही जिल्लाको कावासोती नगरपालिका–४ हसौरामा ६८ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कपिलवस्तु जिल्लाको जगदीशपुरमा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय जगदीश गुप्ता, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको झ्यालबासमा खोलिएको सेवाका लागि स्थानीय जुद्घबहादुर थापा र नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लाको हसौरामा खोलिएको सेवाका लागि स्थानीय अमित भण्डारीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।