Logo

पृथ्वीनारायण शाहको प्रतिबिम्बसँग फोटो खिच्न पाइने

पृथ्वीनारायण शाहको जन्मथलो गोरखामा उनको स्वरुपमा सजिएका व्यक्तिसँग फोटो खिच्न पाइने भएको छ ।
गोरखा संग्रहालयमा अबदेखी पृथ्वीनारायण शाहको प्रतिबिम्बसँग फोटो खिच्न खुला गरिएको हो । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले पृथ्वीनारायण शाहको भेषभुषामा सजिएका व्यक्तिसँग फोटो खिच्न सक्ने व्यवस्था मिलाएको हो । विभिन्न मेला महोत्सवमा यसअघि पनि पृथ्वीनारायण शाहको स्वरुपमा सजिदै आएका स्थानीय ओम श्रेष्ठलाई अब संग्रहालय मूलगेटमा सधैँ देख्न पाइने भएको छ ।
प्रतिविम्बमा पृथ्वीनारायण शाहका अवधारणाकार राजुबाबु श्रेष्ठले यो अभियानले गोरखाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । “राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मथलो गोरखा । अब यो जिल्ला भ्रमणमा आउनेले उनको प्रतिबिम्बसँग फोटो खिचाउन पाउँछन्” उनले भने । निश्चित शुल्क तिरेर पर्यटकले फोटो खिच्न पाउने उनले बताए । “पथ्वीनारायण शाहसित फोटो खिच्ने स्थानीयका लागि २० रुपैयाँ, जिल्ला बाहिर र विदेशी पर्यटकका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ” उनले भने, “पृथ्वीनारायण शाहको पोशाक लगाएर फोटो खिचाउनेले तीन सय रुपैयाँ र समूहमा फोटो खिच्नेले एकसय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ ।” पृथ्वीनारायण शाहसित कालु पाण्डेको प्रतिविम्ब पनि राखिने छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म विक्रम संवत् १७७९ पुस २७ मा गोरखामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्