नवौं राष्ट्रिय खेलकुद सुरु

गण्डकी प्रदेशको राजधानि पोखरामा अनौपचारिक रुपमा आइतबार देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार देखि पोखरामा सुरु भएको महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् ।
पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई र बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।
उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई लाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् ।
त्यसअघि पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिईन्। सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे ।
अर्को खेलमा अस्मिता खरेल र कञ्चन श्रेष्ठको उत्कृष्ट साझेदारीमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सुमन खतिवडा ११ र आरती विडारी ३ रनमा नटआउट रहे । टस जितेर बागमतिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १८ दशमलव २ ओभरमा ७१ रनमा अलआउट भएको थियो । अनु कडायतले जोडेको २२ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो । बागमती प्रदेशकी सोनी पाख्रिन एक्लैले ५ विकेट लिइन् ।
यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।