पूर्व मन्त्री सुनिल बहादुर थापाको उम्मेदवारी धनकुटा बाट

मंसिर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन अन्र्तगत धनकुटा बाट प्रतिनिधी सभाका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सुनिल बहादुर थापा सहित एमालेका केन्द्रिय सदस्य राजेन्द्रकुमार राई र स्वतन्त्र बाट यूवा नेता हेमराज भण्डारी लगायतको उम्मेदवारी परेको छ । उनिहरुले आज आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।