Logo

प्रचण्डको उम्मेदवारी गोरखा–२ बाट

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
अध्यक्ष दाहालले आईतवार गोरखा–२ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका हुन् । मनोनयन दर्तापछि बोल्दै उनले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताए । अध्यक्ष दाहालले परिचित ठाउँ र परिचित जनताको बीचमा आउँदा खुशी लागेको बताए । उनले गठबन्धनबाट सुमधुर सम्बन्धकासाथ निर्वाचनमा गएको बताए । अध्यक्ष दाहालले अब आर्थिक विकास र समृद्धिको क्रान्ति पनि एकतावद्ध भएर काम गर्ने बताए ।
पार्टी उपाध्यक्ष श्रेष्ठलाई समर्थक र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईलाई प्रश्तावक राखेर दाहालले उम्मेदवारी दर्ता गरेका थिए । श्रेष्ठ र भट्टराइसँगै दाहाल उम्मेदवारी दर्ताका लागि गोरखा निर्वाचन क्षेत्र नम्बर २ को कार्यालय पुगेका थिए । त्यस्तै गठबन्धनको तर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्वर २ को ‘क’ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र सोही क्षेत्रको ‘ख’ मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले उमेदवारी दर्ता गराइका छन् ।

प्रतिक्रिया दिनुहोस्