Logo

रौतहट–१ मा माधव नेपालको उम्मेदवारी

/f}tx6, @# c;f]h M g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf Pj+ k”j{k|wfgdGqL dfwjs’df/ g]kfn cfufdL dlª;/ $ ut] x’g] k|ltlglw;ef ;b:o lgjf{rgsf nflu cfOtaf/ /f}tx6sf] If]q– ! af6 dgf]gogkq btf{ ug{‘x’Fb} . tl:a/ M pQd pkfWofo÷/f;;

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आईतवार अध्यक्ष नेपालले रौतहट क्षेत्र नं. १ बाट गठबन्धनको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । वि.सं. २०७४ सालको निर्वाचनमा काठमाडौं–२ बाट विजयी बन्नुभएका नेपाल अहिले सुरक्षित स्थानको खोजिमा रौतहट पुगेका हुन् । नेकपा एमालेबाट बिद्रोह गरेर हिँडेपछि पहिलोपटक चुनावी मैदानमा होमिन लागेका नेपाललाई आफ्नो अस्तित्व जोगाउन चुनौति छ । गत वैशाखमा भएको स्थानीय तह सदस्यको निर्वाचनमा रौतहटका चार पालिकामा नेकपा (एकीकृत समाजवादी) ले जित निकालेको थियो । मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन सरकार बनाएपछि राजनीतिमा नयाँ मानक कायम भएको बताए । उनले रौतहट क्षेत्र नम्बर १ बाट आफू गठबन्धनको उम्मेदवार बनेर आएको आफ्नो जन्मस्थानले तानेको भन्दै जित पक्का रहेको बताए । अध्यक्ष नेपालले यस पटक एउटा मात्रै निर्वाचन क्षेत्र भएका कारण आफू काठमाडौं वा रौतहट कहाँबाट उठ्ने भन्ने दोधारमा परेको बताए ।

प्रतिक्रिया दिनुहोस्