Logo

ओलीको उम्मेदवारी झापा–५ बाट

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ५ बाट मनोनयन दर्ता गरेका छन् ।
अध्यक्ष ओली मनोनयन दर्ताका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुका साथमा दमक नगरपालिकामा रहेको झापा क्षेत्र नं. ५ को निर्वाचन कार्यालयमा पुगेका थिए । मनोनयन दर्ता गराएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले उम्मेदवारी दर्ता गराएको र साथ सहयोगको अपेक्षा राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्