भीभो एक्स प्लस सेभेन फोनमा १० जीबी र्यम «

भीभो एक्स प्लस सेभेन फोनमा १० जीबी र्यम

 चिनियाँ स्मार्टफोन उत्पादक कम्पनी भीभोले १० जीबी र्यम जडित पहिलो स्मार्टफोन भीभो एक्स प्लस सेभेन बजारमा ल्याउने भएको छ । हालसम्म आठ जीवी र्यम जडित वनप्लसको वनप्लस फाइभ टीलगायत छन् भने १० जीवी र्यम भएका हालसम्म बजारमा आएका छैनन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको खबर अनुसार भिभो एक्स प्ले ७ ४ के ओएलइडी डिस्प्ले र स्न्यापड्रागन ८४५ चिपसेट सहितको हुनेछ । यसको स्टोरेज ५१२ जीबीसम्मको हुनेछ भने यो फोनमा डिस्प्लेमै फिंगरप्रिन्ट सेन्सर हुनेछ । हालै सार्वजनिक भएको कम्पनीको एक्स २० प्लस युडी स्क्रीनमै फिंगरप्रिन्ट सेन्सर भएको विश्वकै पहिलो फोनको रुपमा चर्चा कमाइसकेको छ । यसमा दुई विभिन्न स्टोरेजको विशेषता हुनेछन् । एउटा २५६ जीबी र अर्को ५१२ जीबीको स्टोरेजका साथ १० जीबी र्यम हुनेछन् ।
बीबीकेको स्वामित्वमा रहेको चिनियाँ यो फोन निर्माता कम्पनीले यसअघि सन् २०१६मा भिभो एक्सप्ले ६ बजारमा ल्याएको थियो । स्रोतको दाबी सत्य भएमा सन् २०१८ मा यो भीभोको नयाँ स्मार्टफोन सर्वोत्तम मध्येको एक हुनेछ । यसमा ४ एक्स अप्टिकल जुमका साथ पछाडि दुईटा क्यामरा हुनेछन् । ४ के ओएलइडी डिस्प्लेसँग ९२.९ प्रतिशतको अनुपातमा स्क्रिनबडी हुनेछ । यसको मूल्यबारे तत्काल जनाइएको छैन तर पनि यसको मूल्य ५०० अमेरिकी डलर बराबर वा करिब ५१ हजार रुपैयाँमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्