झापा–१ मा विश्वप्रकाशको उम्मेदवारी

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आईतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताए । महामन्त्री शर्माले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको पनि बताए ।