Logo

मातृ शोकमा परेका एकीकृत समाजवादीका उपाध्यक्ष र एमालेका उपाध्यक्ष पाण्डे दाजुभाइले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराए

नेकपा एकृकीत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र प्रसाद पाण्डे दाजुभाई हुन् । पाण्डे दाजुभाई अहिले मातृशोकमा परेकाछन् । मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते आइतवारका दिनलाई निर्वाचन आयोजगले उम्मेदवारी दर्ताको मिति तोकेको छ । पाण्डे दाजुभाई आमाको काजक्रियामै रहेका कारण वारेसनामा मार्फत उम्मेदवारी गराए।
एकृकीत समाजवादीका उपाध्यक्ष पाण्डे धादिङ प्रतिनिधि सभा १ बाट सरकारमा रहेका दलहरुको (नेपाली काग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो) गठवन्धनबाट उम्मेदवार बनेका हुन । पाण्डे बागमती प्रदेश सरकारका वहालवाला मुख्यमन्त्री हुन । उनी यस अघि जनआन्दोन पश्चात संसद पुनस्थापित एपछि स्थानीय विकास मन्त्री समेत भएका थिए । यसैगरी एमालेका उपाध्यक्ष पाण्डे चितवन प्रतिनिधि सभा १ बाट उम्मेदवार बनेका छन् । उपाध्यक्ष पाण्डे यस अघि नेपाल सरकारका सफल अर्थमन्त्रीका रुपमा परिचत छन् । उपाध्यक्ष पाण्डेको वारेस बोकेर चितवन पुगिसकेको नीजि सचिव संजिव पाण्डे बताए ।
एमाले विभाजन हुनु अघि दाईभाई नै एमालेका थिए । भाई स्थानीय समिति सदस्य र दाई पोलिटव्युरो सदस्य थिए । पाण्डे दाजुभाईको आमा (मनमाया) को स्वर्गारहण भएको आज (आइतवार) १२ औ दिन हो । मनमायाका पाँच छोरा र तीन छोरी छन् ।
तस्वीर : राजेन्द्र बस्नेत
आमा मनमाया पाण्डेको काजक्रियामा रहेका उपाध्यक्षद्वय पाण्डे दाजुभाई ।

प्रतिक्रिया दिनुहोस्