Logo

हाम्रो ठीक विपरीत छ अवस्था । राज्य दोहनमा सिपालु छन् देश चलाउनेहरू । आपैmँले प्रतिपादन गरेको सिद्धान्तविपरीत सुखसुविधामा अल्झिएकोे छ न्यायालयसमेत ।

कोजाग्रत अर्थात् को जागेको छ ?

मूलत: जीवन दुई प्रकारको हुन्छ, जाग्रत र सुषुप्ति । वैदिक दर्शनले जागृत जीवन, कर्मशील जीवन, अनवरत प्रयासरत जीवनलाई समुन्नत जीवन भनेको छ । सुषुप्तिको अर्थ हुन्छ, निष्क्रिय जीवन, जसको, परिवारलाई त भार नै हुन्छ समाज र देशलाई पनि र अरूको लुटेर खाने बानी पर्न सक्छ । कसैले वैध रूपमै लुट्ने गर्छन्, आपैmँ कानुन बनाएर । धनार्थीले त मिहिनेत अनि प्रशस्त लगानी गर्नुपर्छ, समय र सीपको जसबाट रोजगारी सिर्जना, उत्पादन, आपूर्ति र वितरणको साइकल चक्र सक्रिय हुन्छ र व्यक्ति, समाज आपैmँ माथि उठ्छ अनि संसारकै अग्रणी स्थानमा उभिन सक्छ देश । अमेरिका, बेलायत, फ्रान्स, जर्मनीलगायत कैयन् देशहरू धेरै माथि उठेका कारण संसारमा तिनको प्रशंसा भएको छ तर नजिकै भारतले यत्राविधि विकास भनौँ आर्थिक समुन्नति गर्दा पनि हामी भने सबैको भिक्षार्थी भएका छौँ र सधैँको व्यापारघाटा अनि श्रम बेच्ने, तिनको आयले देशको ढुकुटीमा रजगज गर्ने भएका छौँ । पूर्वीय दर्शनको मूल मान्यता वर्षभरिको ठूलो चाडको समापन नै कोजाग्रत पूर्णिमाबाट हुन्छ भनौँ धनलक्ष्मीको पूजा, उपासना गरेर । भनौँ आश्विन शुक्ल पूर्णिमाका रातमा जो जागा छ, पृथ्वीतलमा घुम्दै आएर महालक्ष्मीले त्यस्तो घरमा ऐश्वर्य, धनको वर्षा गराउँछिन् । कथा त प्रतीकात्मक हुन्छ अर्थात् हरेक दिन हामीले श्रम गर्नुपर्छ, श्रम बौद्धिक पनि हुन्छ । बिनाश्रम अर्काको खाइयो भने त्यसले पोल्छ, राज्यको त झन् खानै हुन्न, पढेकाले श्रम गर्दैनन् भन्ने होइन । चीनका महामहिमदेखि संसारका उच्च नेतृत्वले फिल्डमा ओर्लिएर काम गरेको देखिन्छ ।
हाम्रो ठीक विपरीत छ अवस्था । राज्य दोहनमा सिपालु छन् देश चलाउनेहरू । आपैmँले प्रतिपादन गरेको सिद्धान्तविपरीत सुखसुविधामा अल्झिएकोे छ न्यायालयसमेत । गुन तिर्नैका लागि ६ महिना काम गरेकालाई मनग्गे सुविधा दिने भएको छ गठबन्धनले र लिनेले लिन्न भनेको छैन । सर्प पाल्नैका लागि लाखौँ सरकारी पैसा दोहन भएको कालो दाग नमेटिँदै फेरि उनैलाई गठबन्धनको गुन तिर्न २० लाख निकासा गर्ने निर्णय बाहिर आएको छ, दसैँको मुखैमा । जुनसुकै निर्णय पनि क्याबिनेटबाट गराउँदा नीतिगत भ्रष्टाचार बढेको व्यापक गुनासो हुँदा पनि संवैधानिक निकायहरूले आफ्नो वार्षिक प्रतिवेदनहरूमा औँल्याउँदा पनि यस्तो काम रोकिएको छैन । गरिब नेपाली भूकम्प, कोरोना, डिँगोजस्ता रोगले थलिन्छ, राहत बा सिटामोल पाउँदैन, अस्पतालको सुविधा छैन, किसानले मल बीउ, सिँचाइ, बजार पाउँदैन । आउट डेटेट नेता वृद्धभत्ता खाएर काशी जानु पर्नेलाई राज्यले अनवरत पैसा, सुरक्षा, गाडी, इन्धन, सवारीचालक दिइरहन्छ, थप्छ पनि । सुशासन सिकाउने डेनमार्ककी प्रधानमन्त्री कार्यालय आउजाउ गर्दा साइकलको प्रयोग गर्ने अनि यहाँ बहालवाला र भूपूको सुरक्षा ताँती, आवास, विभिन्न भत्ता हेर्दा मन कुँडिन्न र ? जनतालाई करको मारमा पारेर जन्मदेखि मृत्युसम्म हरेक श्वासप्रश्वासमा र घाटमा समेत कर उठाउने सरकारले नेताहरू पाल्न रकम जथाभावी वितरण गर्छ । दसैंमा वृद्ध भत्ता वितरण हुन सकेन । बजार भाउ अनियन्त्रित हुँदा जनताले एक पेट मिठो खान ऋण गर्नुपरेको छ, विदेशमा छन् आफन्त, यहाँ रोजगारी दिन सकिएन । गरिबको आँसु कसले पुछिदिने, ऋणको भार र मारमा परेको देशले यति ठूलो संख्याका नेता र भूपूहरूलाई पाल्ने कसरी ? अर्बौं अर्बको ढुकुटीमा नेताहरूले उपचार भन्दै तर मारेका छन् । आदर्श समाज निर्माणका लागि पहिले आपैmँ उदाहरण बन्नुपर्ने थियो तर भागशान्ति र खाने, बाँड्ने काममा सबैको मतैक्यता हुने गरेको छ यहाँ । एकै व्यक्तिले उपचार खर्च भनी करोडौँ कुम्ल्याएको अवस्था छ, गरिब देशको यो धनी चालाले देशको विकास कसरी गर्ने ? आर्थिक समृद्धि छैन देशमा, लगानीको वातावरण छैन, समानुपातिकमा छन् उद्यमी, व्यवसायीहरू । घरानियाँ व्यापारीहरूलाई पनि दलहरूले किनेका छन् र राजनीतिक सिट दिइएको छ । समृद्धिको शिखर चुमेका धनाढ्यहरूको पनि दल प्रवेशको लर्को देखिन्छ, पतिपत्नी नै, सालासाली नै, छोरीजुवाइँ नै, भाइबुहारी नै संसद प्रवेश गर्नुपर्ने अनौठो चालाले देशको हित कसरी ? दलको हित मात्रै भएर देश समृद्ध हुन्न । अस्पताल, शिक्षालयको अवस्था दिनपरदिन खस्कँदो छ, दुर्घटनाहरूबाट मानिसहरूको अकाल मृत्य भइरहेको छ । गतिलो र भरपर्दो प्रणालीको अभावमा देश कुरूप देखिँदै छ, पश्चिमा संस्कृति हावी हुँदै नेपाली मौलिक संस्कृति धरापमा परेको छ । वर्षभरिकै लामो हिन्दूमार्र्गीको दसैँमा कोत पूजा, बलि, टीका आदि सबै काममा राज्य संलग्न हुने, हिन्दू बाहुल्यका कैयन् चाडपर्वमा लामो नाक देखाउँदै शुभकामना बाँड्ने, सरकारी खर्च पनि मनग्य गर्ने अनि देश धर्म निरपेक्ष कसरी भयो त ? निरपेक्ष भए त राज्य कुनै काममा सरिक हुनु भएन नि । संविधानमा एकथरी लेख्ने व्यवहारमा राज्यका संयन्त्रहरूलाई भताभुङ्ग पार्ने शैलीजस्तै हो यो धर्म निरपेक्षता पनि । देशैभरि मासुको खपत बढाउने आपैmँ दसैँघरमा उपस्थित भई खर्च गर्ने देश निरपेक्ष कसरी हुन्छ, ९४ प्रतिशत जनता ओमकार परिवारमा छन् भनेपछि निरपेक्षताको अर्थ पनि के हुन्छ ?
खेतमा धान रोप्न मल, बीउ पाइएन, पछि रोपो सुक्यो वर्षा भएन, सिँचाइको सुविधा भनिन्छ यहाँ तर अहँ त्यो पनि भएन । श्रम गर्नेहरू खाडीमा गए, तिनले पठाएका विप्रेषणले यहाँ नेता पालिए, जनता फालिए, करले किचिए, दसैँतिहार मात्रै होइन, अरू बेला पनि बजार पूरै अस्तव्यस्त छ, अनियन्त्रित छ, अत्यावश्यक औषधिका मूल्यसमेत बढेका छन् । एक पेट खान धौधौ पर्ने गरी खाद्यान्नको मूल्य शिखरमा चढाइएको छ । भारतले सुरुमा आटा, सुजी, पीठो निकासी बन्द गरेको सार्वजनिक भएको थियो, पछि राजदूतले नेपालका लागि निर्यात बन्द गरेको होइन भने तर बजारमा आटा, पीठो, सुजी, चिनी मात्रै होइन, दाल, तेल, गेडागुडी र चामलको भाउ अनियन्त्रित रूपमा बढेको छ । नयाँ लुगा लाउने सन्ततिको चाहना छ, बजार पसिसक्नु छैन, सुपथ मूल्यका पसल पहुँचवालाहरूले राख्ने हो, त्यसमा सरकारी अनुदान छैन, कसैले आपूm घाटा खाएर सामान बेच्दैन या त सडे, गलेका, मिति नाघेका सामान वितरण गर्नुपर्छ या साइन बोर्ड राख्ने, सामान नहुने वा सकियो भन्नुपर्ने अवस्था छ । लामखुट्टेका लार्भा नष्ट गर्ने, स्कुल, कार्यालय, होटल, मन्दिर, व्यापारिक स्थल जहाँ धेरै मानिसको आवतजावत हुन्छ त्यसक्षेत्र वरिपरि फोहोर, मैला, हिलो, पानी जम्न नदिने सचेतनाको अभियानमा सबै चुके । देशमा डेंगुको समस्या, इपिडियोमोलोजी स्वास्थ्य निकायले अभैm दुई महिना यसको महामारी कायम रहने बताएको छ र हालसम्म सबै जिल्लामा पैmलिसकेको छ ।
दसैँ आयो, गयो तर किन आयो थाहा छैन । बजारमा धमाधम म्याद सकिएका सामान बिक्री भए, सडेको पीठोले बनेको सुक्खा रोटी टन्न खान पाउने अवस्था भएन देशमा । सरकार समृद्धिको नारामा व्यस्त छ । उसलाई सत्ता जोगाउने र टिकाउने ध्याउन्न छ, । किशोरीहरू आफन्तबाटै आफ्नो अस्मिता रक्षा गर्न सक्दैनन्, बलात्कृत त भए भए, मृत्युवरण नै गर्छन् । सामाजिक संरचना ध्वस्त भएको छ । दसैँमा कुन आशीर्वाद कुन श्राप अत्तोपत्तो भएन । धर्म संस्कृतिमा नराम्रो प्रहार भएको छ । तरकारी लगायत चिनी, नुन र सुनसम्म कालोबजारी र तस्करी हुँदै छ । राजधानीमा टिक्न नसकेर ४० प्रतिशत मानिस उपत्यकाबाहिर छन् । बजारमात्रै होइन सबै कुरा बिचौलियाको नियन्त्रणमा छ । जारको पानीमा एकाएक मूल्य बढ्दा कोही बोलेन ।
पंक्ति तयार गरुन्जेल महादसैँमा किनमेल गर्नेहरूको भीड आफ्नो सीमामा भन्दा ज्यादा नाकापारि भयो । तराईका सीमापारिबाट अधिकांश नेपालीले सरसामग्री ल्याएर गुजारा टारे, हाम्रो देशैभरि खाद्य सुपथ मूल्यका पसल भन्दै ४१ जिल्लामा ४५ पसलहरू राखिएको र काठमाडौँमै ४ स्थानमा राखियो भनियो, तर अत्यावश्यक चिनी आदि वस्तु त्यहाँ पाइएन । पचासौँ लाख जनता भएको काठमाडौँमा ४ सुपथ मूल्य पसल भनेर नौटंकी गरियो, यसमा पनि राजनीतिको जस्तै भूmटको खेती भयो, एक हप्ता त बन्दै गरियो । बाहिर जानेलाई टिकटको नाटक मञ्चन भयो तर सबैजसोले रिजर्भ गाडी भन्दै दोब्बर, तेब्बरसम्म रकम असुलेर यात्रुहरू ओसारे, छ यहाँ कतै अभिभावक ? सवारी दुर्घटना नभएको दिन भएन । व्यापारीलाई छिटो धनी हुनुपर्ने, तिनले नक्कली, सडेका, ढुसी परेका, मिति नाघेका, चर्को मूल्यका सामान बिकाए उपभोक्ताहरूलाई, सरकारी संयन्त्र गतिलो भएन । राज्य दोहन गर्न सिपालु नेतृत्वबारे आमव्यापारी पनि अनभिज्ञ छैनन्, जिम्मेवारीबोध पहिले ठूलाबाटै हुनुपर्ने हो । करबाट जम्मा भएको ढुकटीमा अत्यधिक दोहन भएको छ आपूm र आफन्त पाल्न । भूपूहरूको सुविधाको चाङ हेर्दा नेपाली धर्ती कम्पायमान भइसकेको छ । लुटको धनमा फुपूको श्राद्ध छ, यो सबै खारेज हुनु पर्छ र देशको विकास निर्माणमा प्रयोग हुनुपर्छ, जनतालाई करको मारबाट त्राण दिनु पर्छ । भोट बाकसका नाममा जनताको टाउकामा गिरी खेल्ने नेतृत्व नेपाली आमाले चाहेकी होइनन्, संसारको मानचित्रमा देश पछाडि परेको कारण धनको दुरुपयोग भएर हो, कोजाग्रतको महिमा नबुझेर हो, मिहिनेत गर्नुको साटो लुटेर खाने गर्नाले, नीतिले कमाऊ, रीतिले बाँच र प्रीतिले बाँच्न देऊ भन्ने पूर्वीय सूक्तिलाई बिर्सेर हो ।

प्रतिक्रिया दिनुहोस्