१२२० वटा उद्योग र फर्म दर्ता

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा एक हजार दुई सय २० वटा उद्योग तथा फर्म दर्ता गरेको छ ।
एक अर्ब ३८ करोड २५ लाख ४ हजार रुपैयाँको लगानीमा एक हजार दुई सय २० वटा उद्योग तथा फर्म दर्ता गरेको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाका उद्योग अधिकृत नारायण खतिवडाले बताए । त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा ७३ वटा उद्योगको नामसारी, ५६ वटा उद्योगको ठाउँसारी गरिएको उनले बताए ।
आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा एक सय ५४ वटा उद्योग खारेजी भएको उद्योग अधिकृत खतिवडाले जानकारी दिए । आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा चार हजार आठ सय ६९ वटा उद्योग दर्ता तथा नविकरण गर्दा एक करोड ४१ लाख ५६ हजार सात सय रुपैयाँ राजस्व संकलन भएको उनले बताए ।
गत आर्थिक वर्षमा ७३ करोड ११ लाख १९ हजार पुँजी वृद्धि गरेको घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा नौ अर्ब ८८ करोड ३८ लाख १७ हजारको लगानीमा एक सय ८२ वटा उद्योगले क्षमता वृद्धिसँगै पुँजी थप गरेको उनले बताए । गत आर्थिक वर्षमा नौ सय दुई वटा उद्योगले नविकरण गरेको एक सय २८ वटा उद्योगले नामसारी गरेको र ५९ वटाले ठाउँ सारी गरेको उद्योग अधिकृत खतिवडाले जानकारी दिए ।
झापामा उत्पादनमूलक, कृषि, खनिजजन्य, सेवामूलक लगायतका उद्योगहरु सञ्चालनमा रहेको उद्योग अधिकृत खतिवडाले जानकारी दिए ।