Logo

चन्दननाथमा केबुलकारको लागत चार अर्ब

चन्दननाथ नगरपालिकाका स्वतन्त्र मेयर राजुसिंह कठायतले चन्दननाथमा केबुलकार सञ्चालन गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए । नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर कठायत मेयरमा निर्वाचित भए । चन्दननाथमा केबुलकार सञ्चालन गरेरै छाड्ने, फोहोर व्यवस्थापनको दिगो समधान खोज्ने, विद्युतीकरणमा जोड दिने, सामाजिक सुरक्षा, सेवा प्रवाह र भ्रष्टचारमा शुन्य सहनशीलता अपनाउने लगायतका एजेण्डा घोषणापत्रमा देखाउँदै चुनाव जितेका थिए ।
मेयर सेजुवाल निर्वाचित भएको सयदिन बितेसँगै चन्दननाथमा केबुलकार सञ्चालन गर्नका लागि दौडधुप गरिरहेका छन् । जस अन्तरर्गत केबुलकार सञ्चालनार्थ गत साता रोपवे नेपाल प्रालिको टोली सम्भाव्यता अध्ययन गरी जुम्लाबाट फर्किएको छ । केबुलकार सञ्चालन गर्ने स्थानको अवलोकन गरेर प्रतिवेदन तयार पार्न टोली जुम्ला आएको थियो ।
रोपवे नेपाल प्रालीका समिर तिवारीसहित ५ जनाको टोलीले चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर हुँदै खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकसम्मको २ ठाउँको सम्भाव्यता अध्ययन गरेको मेयर राजुसिंह कठायतले बताए ।
“केबुलकार संचालनका लागि विज्ञहरुद्वारा दुई स्थानको सम्भाव्यता अध्ययन गरिएको छ । काठमाडौंमा जाँदा केबुलकारसँग सरोकार राख्ने विज्ञहरूसँग पनि परामर्श लिएको छु” उनले भने, “केबुलकारले आन्तरिक र बाह्य पर्यटकलाई जुम्लामा आकर्षण गर्ने पक्का पनि छ । भूगोल पनि साथ दिएको छ । विज्ञ टोलीको प्रतिबेदन आउने बित्तिकै केबुलकार संचालन प्रक्रिया अघि बढ्छ ।”
जुम्ला आफैमा नेपालको आर्कषक पर्यटकीय गन्तव्य जिल्ला हो । खस भाषाको उद्गम स्थल, चन्दनाथ मन्दिर, नेपालकै दोस्रो अग्लो गुम्बा, पातारासी हिमा जस्ता पर्यटकीय गन्तव्य छन् । मुगुको रारा आउने सबै पर्यटक जुम्लाको सुन्दरदता नहेरी फर्किनन् । त्यसैले पनि जुम्लासहित रारा आउने पर्यटकलाई लक्षित गरि केबुलकार सञ्चालनमा ल्याउन लागिएको मेयर कठायतको भनाइ छ । केबुकार सञ्चालनले जुम्लाको व्यापार–व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्ने समेत विश्वास गरिएको छ ।

४ अर्ब लाग्ने लागत अनुमान
चन्दननाथमा केबुलकार सञ्चालनका लागि करिब ४ अर्ब लागत अनुमान गरिएको छ । नगरपालिकाका अनुसार दानसाँघुदेखि चिमारासम्मका केबुलकार सञ्चालन गर्न ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । सम्भाव्यता अध्ययन गर्न आएको टोलीको निष्कर्षअनुसार प्रक्रिया अघि बढाउने नगरपालिकाको तयारी छ ।
यद्दपी केबुलकार सञ्चालनको सबै स्रोत अनुसार चन्दननाथ नगरपालिका आफ्नो पुँजीले मात्र भ्याउँदैन । जसका कारण बाह्य लगानी जुटाउन आवश्यक रहेको मेयर कठायतको भनाइ छ । आफ्नो कार्यकालमा जसरी पनि केबुलकार चलाएरै छाड्ने उनको अठोट छ ।
साथै यसअघि चन्दननाथमा काठमाडौं महानगरपालिका सँगको साझेदारीमा धिमीचौरमा पर्यटसकय पार्क बन्दै छ । १२ करोड रुपैयाँको लागत अनुमान गरिएको धिमी पार्कमा अहिले ३ करोड रुपैयाँको बजेटबाट काम भइरहेका छ । जसमा महानगरपालिकाले डेढ करोड र चन्दननाथ नगरपालिकाले डेढ करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्