Logo

सन्राइज बैंकको नि:शुल्क बस सेवा

सन्राइज बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा दसैैंलाई मध्यनजर गर्दै नि:शुल्क बस यात्राको सुविधा प्रदान गरेको छ ।
दसैंको बेला काठमाडौंमा सार्वजनिक यातायातको अभाव हुने र त्यस अभावलाई केही हदसम्म न्यूनिकरण गर्ने अभिप्रायका साथ बैंकले नि:शुल्क बस सेवा दसैंको टिकाको दिन सञ्चालन गरेको थियो ।
बंैकले साझा यातायातसँग सहकार्य गरीे काठमाडौं, ललितपुर र भक्तपुरका सम्पूर्ण साझाबसहरु निशुल्क सञ्चालन गरेको थियो । ३० वटा बस मार्फत बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिएको बैंकले जनाएको छ । बंैकले २५ असोजमा वार्षिकोत्सव मनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्