गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रुपमा मनाउन सुझाव

नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले महात्मा गान्धी दिवसलाई नेपालमा पनि स्वच्छता दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् ।
१५३ औं गान्धी जयन्ति तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महात्मा गान्धीको विचारधारालाई विश्वमा नै फैलाउन सक्नुपर्ने बताए उनले भारतमा महात्मा गान्धीको स्मरणमा हरेक वर्ष स्वच्छता दिवस मनाउने गरिएको भन्दै नेपालमा पनि यो दिवस मनाउँदा राम्रो हुने बताए। उनले गान्धीका नैतिक र आध्यात्मिक विचारधारा अँगाल्ने हो भने अहिंसा र शान्तिको पथमा समाज रुपान्तरण हुने बताए ।
उनले महात्मा गान्धीको विचारधारको एकांश पनि कसैले आफ्नो जीवनमा अनुशरण गर्ने हो भने समाज शान्त र सुव्यवस्थित बन्ने दाबी पनि गरे ।