मनिचेन्जरको नयाँ इजाजत बन्द «

मनिचेन्जरको नयाँ इजाजत बन्द

केन्द्रीय बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा मनिचेन्जरको नयाँ इजाजत बन्द गरेको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गने सम्बन्धी कार्य बन्द गरिएको जनाएको छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७८ मा संशोधन गरेर नेपाल राष्ट्र बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ले दिएको अधिकार प्रयोग गरी सूचना जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्