Logo

मर्दी हिमालयका अभियान्ता एवं पर्यटन व्यवसायी गौतमको मृत्यु

मर्दी हिमालयका अभियान्ता एवं पर्यटन व्यवसायी सुदीप गौतमको मृत्यु भएको छ । मर्दी पदयात्राको हाइक्याम्पमा शनिबार साँझ करिब ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको माछापुच्छ«े गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए ।
३५ वर्षका गौतमले हाइक्याम्पमा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए । गौतम भीरबाट करिब ५० मिटर तल खसेको स्थानियले बताए । होटल व्यवसायी अर्को एक जना साथीसँग उहाँ पानी मर्मत गर्न जानुभएकामा चिप्लिएर एक्कासि भीरबाट खस्नु पुग्दा मृत्यु भएको स्थानियले समेत बताए । गौतमको टाउको र शारीरमा चोट लागेको थियो । हाइक्याम्पको होटलबाट अन्दाजी ३० घण्टा टाढा घटना घटेको हो । घटनालगत्तै उनलाई स्थानीयले उद्धार गरेर ल्याए पनि उहाँको बाटैमा मृत्यु भएको स्थानीयले जनाएका छन् । गौतम मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत हुन् ।
सरल स्वभावका गौतम पर्यटन प्रबद्र्धन गर्ने भने पछि जस्ता सुकै कार्यक्रममा पनि आफ्नो सहभागिता गराउने गरेको व्यवसायीहरुले बताए । गौतमको शवलाई आज विहान हेलिकप्टरबाट पोखरा ल्याइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । गौतमको परिवारमा बुबा, आमा, श्रीमति एक छोरी र एक छोरा छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
गौतमले मर्दी हिमाल पदयात्राको एक्प्लोर गर्ने र यसको प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुभएको थियो । गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चित भएको छ । माछापुच्छ्रे गाउँपालिका–९ सिदिङमा जन्मनु भएका गौतम विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय थिए ।

प्रतिक्रिया दिनुहोस्