तेह्रथुमका गाउँगाउँमा बनाउन थाले लिंगे पिङ

तेह्रथुमको छथर गाउँपालिका–५ शुक्रबारेनजिकै गत वर्षझैं यस वर्ष पनि लिंगे पिङ बनाइएको छ । गाउँका युवाहरू मिलेर पिङ बनाएका हुन् । दसैंंको घटस्थापनासँगै तेह्रथुमका गाउँगाउँमा लिंगे पिङ बनाउन थालिएको छ । युवाहरू जंगलबाट बाबियो काटी ल्याएर पिङ बनाउने गरेका छन् । दसैंमा एकपटक भुइँ छोड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ ।
जब गाउँमा पिङ बनाउन सुरु हुन्छ, अनि मात्रै दसैं आगमनको झल्को दिने गरेको छथर गाउँपालिका–५ का दुर्गा बुढाथोकीले बताए । उनी भन्छन्, “हामी बच्चा हुँदाखेरि दसैंतिहार आएको जुन अनुभूति हुन्थ्यो, त्यो अनुभूति पछिल्लो समय हुन छाडेपछि हाम्रा बच्चाहरूले दसैं आएको अनुभूति गरून् र दसैंतिहारको महŒव केही पनि नबुझ्ने भएका कारण पनि हामीले गाउँमा पिङ हालेर चाडपर्वको महŒव दिन खोजेका छौं । पछिल्लो पुस्ताले पनि हामी गरेको कामबाट पाठ सिक्ने मौका पाऊन् भन्ने उद्देश्यले पनि पिङ हालेका हौं ।”
युवापुस्ताले गाउँमा बनाइने लिंगे पिङको महŒव नै भुल्दै गएका छन् । गाउँको केन्द्रमा बनाइने पिङमा वर्ष दिनमा माइती आएका छोरीचेलीदेखि लिएर वर्षाैं बिदेसिएका दाजुभाइहरू भेट हुने गर्छ ।
७० वर्षका माया लिम्बू भन्छिन्, “गाउँमा हामी लिंगे पिङ हाल्न घण्टौं लामो बाटो हिँडेर १५ दिनअघि नै बाबियो काट्न जान्थ्यौं । काटेर ल्याएको बाबियो सुकाएर पिङ बनाउने लठ्ठा बाट्थ्यौ अनि बाँसको लिङ्गो गाडेर पिङ बनाई गाउँका सबै मिलेर रमाइलो गथ्र्याैं । अहिले त पहिलेको जस्तो महŒव नै छैन ।”
“त्यो बेला अभाव थियो । राम्रो लगाउन र मीठो खान दसैं कि चाड नै आउनुपथ्र्याे, अचेल सबै सुविधाभोगी भए, पहिलेको जस्तो छैन,” उनले थपिन् ।
युवापुस्ताको आकर्षण घट्दै गइरहेको बेला तेह्रथुमका गाउँगाउँमा भने यस वर्ष पिङ हाल्न थालिएको छ । साना नानीदेखि छिप्पिँदो उमेरमा वृद्धवृद्धाहरूसमेत पिङमा रमाइलो गर्ने गरेका छन् ।