Logo

सनराइज बैंकको हेल्थ केयर कार्ड

उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरूमा जाने नेपाली ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै यस सनराइज बैंकले हेल्थ केयर कार्डको शुभारम्भ गरेको छ । उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरूमा पीओएसबाट भुक्तानी गर्दा सामान्य डेविट कार्डको भन्दा बढी रकमको भुक्तानीको सुविधा प्रयोग गर्न सक्ने जनाएको छ ।
साथै सनराइज हेल्थ केयर कार्ड प्रयोग गरी भुक्तानी गर्दा भारतका विभिन्न अस्पतालहरूमा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने भन्दै बैंकले यसबाट ग्राहक वर्गलाई थप लाभान्वित हुने आशा लिएको पनि जनाएको छ । हेल्थ केयर कार्ड लिनको निम्ति उपचारको लागि जान चाहेको भारतको अस्पताको विवरण र डाक्टरको सिफारिस वा अन्य जानकारीको कागजपत्र बैंकमा पेश गर्नु पर्नेछ ।
यदि कुनै सिफारिस वा थप अन्य जानकारीको कागजपत्र नभएको अवस्थामा पनि उक्त कागजपत्रहरू उपचारपश्चात् दिने शर्तमा हेल्थ केयर कार्ड लिन पनि सकिने छ । साथै हेल्थ केयर कार्ड बिरामी आफैं उपस्थित हुन नसकेको अवस्थामा बिरामीको नजिकको नातेदारको नाममा पनि जारी गर्न सकिने बैंकले बतायो ।

 

प्रतिक्रिया दिनुहोस्