प्राकृतिक सम्पदाको दोहन हुँदा राज्य संयन्त्र मौन छ: पूर्व राष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरुको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दु:खेसो गरे ।
शुक्रबार काठमाडौंमा आयोजित १५३ औं गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताए । उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यकभन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए । पूर्वराष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुन ढुंगा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका काकरण प्राकृतिक विपद्हरु दिनप्रतिदित बढीरहेको बताए । उनले नेपालमा मात्रै नभई विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोवल वार्निङको समस्या रहेको बताए ।
उनले वैज्ञानिकहरुले प्राकृकित स्रोत सम्पदाहरुको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए । पूर्वराष्ट्रपति यादवले प्रकेति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे । उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए ।
उनले भने, ‘अहिले क्लाइमेट इमर्जेन्सी छ संसारमा । ग्लोवल वार्निङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ । अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ । साइबेरियामा आगो लागिरहेको छ । वैज्ञानिकहरुले यसबारेमा चेतावनी दिइरहेका छन् । तर अहिलेको संसारका कोही पनि नेतृत्वकर्ताहरुले यसमा चासो दिएका छैनन् । वैज्ञानिकहरु २२ औं शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ । प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद्हरु निम्तिरहेका छन् । हाम्रै हिमालको हिउँ पग्लिरहेको छ । नदीनाला दोहन गरिरहेका छौँ । चुरे क्षेत्र समाप्त भइरहेको छ । तराईको जंगल समाप्त भएको छ । तर लिडरलाई मतलव छैन । चट्टान फोरेर चुनको लोभमा चुनढुंगा निकालेर प्रकृति समाप्त भइरहेको छ । जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढीरहेका छन् । २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौं मानिस मरिरेहका छौँ ।’
पूर्वराष्ट्रपति यादवले प्राकृतिक सम्पदाहरुको विनाशका कारण कोरोना लगायतका विभिन्न रोगहरु आइरहेको भन्दै प्रकृतिको संरक्षण गर्न सबै जुट्नुको विकल्प नरहेको बताए । उनले महात्मा गान्धीको जीवनी आफैंमा एउटा पुस्तक रहेकोले सबैले गान्धीको जीवनबाट पाठ सिक्न आवश्यक भएको बताए ।