Logo

टीभीएस एनटर्क १२५ रेस एक्सपी पोखराको बतास ब्रदर्समा

१२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टीभीएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुने भएको छ ।
योसँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट पनि स्कुटर खरिद गर्न सक्नेछन् । यो नयाँ मोडलमा टीभीएस स्मार्टएक्सोनेक्थट कनेक्टिभिटी प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।
योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टीभीएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचरयुक्त टीभीएस स्मार्टएक्सोनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्मसहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ ।
यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटी फंक्सनहरु समावेश गरिएको छ । १२५ सीसी सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो। पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ ।
यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।

प्रतिक्रिया दिनुहोस्