Logo

एनसेलको होम एन्ड अवे डेटा प्याक योजना

यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन् ।
चाडवाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि डेटा सेवा लिन सकिने गरि एनसेल आजियाटाले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’अफर सञ्चालनमा ल्याएको छ ।
दसैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले यो प्याकमा करसहित ५९९ मा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी ६० जीबी डेटा पाउँछन् ।
प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ ।
ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदालिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ ।
यो डेटा प्याकको विषेशता प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याकखरिद गरि डेटा चलाउन सक्छन् ।
डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ । चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रहि शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमंग साट्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्