कुमारी बैंकद्वारा बिमा सुविधा बापतको रकम भुक्तानी

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता अन्तर्गत कुश्मा शाखामा बचत खाता खोलेका ७ जना ग्राहकलाई खातामा उपलब्ध बिमा सुविधा वापतको रकम भुक्तानी गरेको छ ।
उक्त शाखामा परिवार सुरक्षा बचत खाता खोलेका गोकर्णबहादुर श्रेष्ठ, शान्ति नेपाली, अमृता कुमारी कंडेल, रामचन्द्र श्रेष्ठ, शक्ति श्रेष्ठ, नरेन्द्र भुवाजी र कविता श्रेष्ठलाई क्रमश: ३३ हजार २५०, ३८ हजार ०००, ३८ हजार, ३८ हजार, १७ हजार १००, २८ हजार ०७७.२५, र ३८ हजारबराबरको चेक बैंकका शाखा प्रबन्धक श्री दीपकराज पौडेलले एक कार्यक्रमका बीच हस्तान्तरण गरे ।
बैंकले सो बिमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको उक्त बचत खातामा बिमा सुरक्षण योजना अन्तर्गत २६ लाख रुपैयाँसम्मको सुविधा प्राप्त हुने बैंकले जानकारी गराएको छ । साथै यस बचत योजना अनुसार खातावालालाई निशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ, र इन्टरनेट बैंकिङ सेवा उपलब्ध छ ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५४ शाखारहित बैंकिङ इकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।