मैतिदेवी मन्दिरलाई कामना सेवा विकास बैंकको सहयोग

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मैतिदेवी मन्दिरलाई सरसफाई सम्बन्धी विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
उक्त सामग्रीहरु मन्दिरको फोहोर व्यवस्थापन तथा मन्दिर क्षेत्रको वातवरण सफा र स्वच्छ रहोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले काठमाडौं महानगरपालिका–३० का वडाअध्यक्ष तथा मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य दलबहादुर कार्कीलाई उक्त सरसफाई सामग्री हस्तान्तरण गरेका छन् । बैंकले मन्दिर दर्शन गर्न आउने भक्तजनले डिजिटल माध्यममार्फत सहज तरिकाले मन्दिरलाई दान प्रदान गर्न सकुन भन्ने उद्देश्यका साथ मन्दिर परिसरमा डिजिटल दान पेटीकासमेत राखेको छ ।