आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकमा इन्फोडेभलपर्स

आइसिटी अवार्ड २०२२ को शिर्ष प्रायोजकको रुपमा अग्रणी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्सले सहकार्य गरेको छ । एक कार्यक्रमबीच इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबीच शिर्ष प्रायोजनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रममा आइसिटी क्षेत्रका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहेको छ । सातौ आइसिटी अवार्डको शिर्ष प्रायोजकको रुपमा इन्फोडेभलपर्सले सहकार्य गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीका सीईओ रघुवंशीले भने, “हामिले २० वर्षदेखि डिजिटल रुपान्तरणको लागि काम गर्दै आइरहेका छौ, अब यसको इकोसिस्टमको विकासमा थप योगदान गर्ने उद्देश्यले आइसिटी अवार्डसँग सहकार्य गरेका हौं ।”
सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’ को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ । यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुका लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हँुदैछ ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशस्ट सल्लाहकार रहेका छन । आइसिटी अवार्ड २०२२ को फाइनल ८ पुसमा हुने बताइएको छ ।