Logo

सिभिल बैंकको एटीएम सौराहामा

सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२ औं एटीएम सञ्चालनमा ल्याएको छ ।
उक्त एटीएमको रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरे । अब त्यस क्षेत्रका सेवाग्राहीले उक्त एटीएममार्फत पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले जनाएको छ ।
बैंकले करिब ८ लाख ग्राहकलाई ११५ शाखाहरू र १३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ । सौराहाको नयाँसहित सिभिलका देशभर १०२ ठाउँमा एटीएम सञ्चालन भएका छन् ।
साथै बैंकले गत असार मसान्तसम्म ९६ अर्ब रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्ब भन्दा बढी कर्जा लगानी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्