Logo

मुगालीले दसैंमा पाएनन् अनुदानको खाद्यान्न

मुगाली जनताले दसैंको अवसरमा अनुदानको खाद्यान्न पाउन सकेका छैनन् । नेपालीको महान पर्व बडादसंै र तिहारको मुखमा नेपाल सरकारबाट पाउने अनुदानको खाद्यान्न नपाउँदा मुगाली जनता बजारमा चर्काे मूल्यको खाद्यान्न किनेर खान बाध्य भएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयको ठेक्का प्रक्रियाका कारण मुगुको सदरमुकाम गमगढी शाखा कार्यालयबाहेक सोरुकोट, पुलु, श्रीकोट, कालै र रातापानी खाद्यान्न बिक्री केन्द्र ६ महिननादेखि रित्तै छन् ।
सरकारी अनुदानको खाद्यान्न नपाउँदा सोरु गाउँपलिकाका स्थानीय सोरुको, तारापानी र हुम्लाको दोमुख, तिथसुइन जान बाध्य भएका छन् । यसैगरी खत्याड गाउँपालिकाका स्थानीय मार्थिचौर, रातापानी, सेरी, श्रीकोट, जीम र बाजुराको सिमा बजार जाने गरेका छन् । यसैगरी मुगमकामारोé गाउँपालिकाका स्थानीय पुलु, छाइलबजार र दुई तीन दिन पैदल हिँडेर सदरमुकाम गमगढी बजारमा रहेको खाद्य संस्थानमा १७ सयमा पाइने चामल स्थानीय बजारमा २४ सयदेखि २५ सय मूल्य हालेर महँगोमा किन्न बाध्य छन् । सदरमुकाम गमगढी बजारमा रहेको खाद्य संस्थानको शाखा कार्यालयबाट १५ सय क्विन्टल खाद्यान्न सुपथ मूल्यमा बिक्री हुन थालेपछि भीड लाग्ने गरेको छ ।
अनुदानको खाद्यान्न खान नपाएको ६ सात महिना भइसकेको छ, राज्यले कर्णाली प्रदेशका नागरिकलाई सौतेली व्यवहार गरेको स्थानीयको गुनासो छ ।
“राज्य नभए जस्तो हरेक वर्ष समयमै अनुदानको खाद्यान्न खान नपाउनु र स्थानीय बजारको खाद्यान्न बढी मूल्य हालेर खानुपर्ने बाध्यता छ,” खत्याड गाउँपालिका–६ का कुलबहादुर शाहीले भने ।

प्रतिक्रिया दिनुहोस्