Logo

एकीकृत समाजवादीका उपाध्यक्ष र एमालेका उपाध्यक्ष पाण्डे दाजुभाइलाई मातृ शोक

धादिङ जिल्लाको दक्षिणी छेवाङमा राजनेताद्वय जन्माउने आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा असोज १३ गते बिहान ३ बजे काठमाडौंस्थित निजी निवासमा निधन भएको छ । मनमाया पाण्डेका जेठा छोरा राजेन्द्रप्रसाद पाण्डे नेकपा एमालेमा हुँदा पनि प्रभावशाली नेताका रूपमा परिचय बनाएका थिए ।
एमालेबाट विभाजन पछि गठन भएको नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष पाण्डे बागमती प्रदेश सरकारका मुख्यमन्त्री छन् । उनी जनआन्दोलनबाट पूनस्थापित संसदबाट गठित सरकारको स्थानीय विकास मन्त्री भएका थिए । पाण्डेले धादिङ कम्युनिष्ट पार्टीको स्थापना गर्ने मध्येको एक सस्थापक नेता हुन् ।
माइला छोरा सुरेन्द्र पाण्डे एमालेको १०आंै महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएकाछन् । उनी यस अघि अर्थमन्त्री भई सफल अर्थमन्त्रीका रुपमा परिचित छन् । पञ्चायतकालिन अवस्थामा भुमिगत संगठक समेत हनु । मनमायाले जन्मदिएका पाँच भाइमध्ये साइला ज्ञानेन्द्र, काइला उपेन्द्र र कान्छा दिपेन्द्र सक्रिय राजनीतिमा छैन । जेठो र माइलो छोरा भूमिगत राजनीतिमा लाग्दा छोराहरूलाई जनताको पक्षमा काम गर्न हौसाला दिने आमा मनमायाले आफ्नो अन्तिम अवस्थामा दुवै छोरा साथमा पाइनन् ।
जेठो छोरा धादिङ गल्छीको कार्यक्रम सकेर मुख्यमन्त्री सरकारी निवास हेटौंडा पुगेका थिए । माइला छोरा पार्र्टी कामको सिलशिलामा गृह नगर चितवन जिल्ला पुगेका थिए । उपाध्यक्षद्वय पाण्डे दाजुभाइले सवै निर्धारित सवै कार्यक्रम स्थगित गरेर आमाको अन्त्यष्टिको लागि काठमाडांै पुगेका छन् ।

तस्वीर
राजनेताद्वय जन्माउने स्व. आमा मनमाया पाण्डे ।

प्रतिक्रिया दिनुहोस्