दाङमा १ हजार ४ सय ७३ जना डेंगुका बिरामी

दाङ डेंगु रोगको जोखिमको देशभरमा चौथो जिल्लाका रूपमा रहेको छ । जिल्लामा पछिल्लो समयमा डेंगु रोगका बिरामीहरू बढ्दै गएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालय स्वास्थ्य विभाग इपिमियोजी तथा रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय दाङको आयोजनामा स्थानिय तहका प्रमुखहरूसँग डेंगु रोगको रोकथाम तथा नियन्त्रणका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिएको हो । कार्यक्रममा किट जनय रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दहालले दाङ डेगुको उच्च जोखिममा रहेको बताए ।
दाङमा हालसम्म १ हजार ४ सय ७३ जना डेगुको विरामी रहेको उनले बताए । जिल्लामा हालसम्म डेंगुबाट ४ जनाको मृत्यु भइसकेको र ३ जनाको आईसीयूमा उपचार भइरहेको उनको भनाइ छ । भने लुम्बिनी प्रदेशमा ३ हजार १ सय २५ जना डेंगुका बिरामी रहेको दहालले बताए ।
‘दाङमा डेगुका बिरामी वढदै गइ रहेका छन्’, उनले भने । घोराही उपमहानगरपालिका, शान्तिनगर गाउपालिका, तुलसीपुर उपमहानगरपालिकामा डेंगुका बिरामी बढी देखिएको उनले बताए । समुदायमा सचेतना सँगै लामखुटेको लार्भा नष्ट गरेर यसको नियन्त्रणमा लाग्नुपर्ने उनले बताए । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले दाङ देशमै डेंगु रोगको चौथो जिल्लाका रूपमा रहेको बताए ।
रोग नियन्त्रण गर्नका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने उनको भनाइ रहेको थियो । रोग नियन्त्रणका लागि सरसफाइमा विशेष ध्यान दिन समेत उनले आग्रह गरे । ‘रोग नियन्त्रण भन्दा वाहिर जान सक्छ यसतर्फ ध्यन दिन सक्नुपर्छ’, प्रमुख शाहीले भने । रोग नियन्त्रण गरिएका अभियान सफल हुन नसकेको उनको भनाइ रहेको छ ।
विज्ञ मुरारी दासले सानो कुरामा ध्यान दिनु पर्ने बताए । सानो कुराले नै ठुलो असर पर्ने भएकाले यस तर्फ ध्यान दिनु पर्ने उनको भनाइ रहेको थियो । समस्या लाइ समाधान गरि अगाडि बढ्न सक्नुपर्ने उनले बताए । ‘समस्या वाट उपाय निकालेर अगाडि वढन सक्नु पर्छ’, उनले भने । घर तथा आफ्नो वरिपरि नियमित सरसफाइ गर्नुपर्ने उनको भनाइ रहेको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले डेंगु नियन्त्रणका लागि घर घर वाट सुरु गर्नुपर्ने बताए । घर घर वाट सुरु नहुँदासम्म रोग नियन्त्रणका लागि समस्या हुने उनको भनाइ रहेको छ । पालिकाहरूले पनि घरघरसम्म पुग्ने योजना वनाउन उनले आग्रह गरे । पालिकाहरूले आफनो योजना वनाएर अगाडि बढ्न सक्ने उनले बताए ।
‘पालिकाले आफनो तर्फ वाट भुमिका खेल्न सक्नुपर्छ’, उनले भने । घर तथा घर वरिपरी नै डेंगु सार्ने लामखुटे रहेकाले यस तर्फ विशेष ध्यान दिनु पर्ने उनले बताए । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोदकुमार गिरीले नागरिकले वानी व्यवहार परिवर्तन गर्नु पर्ने बताए । डेगुको जोखिम आउँदा वर्षमा हुने समेत उनको भनाइ रहेको छ । त्यस तर्फ ध्यान दिन सक्नु पर्ने उनको भनाइ रहेको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. रमेश कडेलले ज्वरोका बिरामी वढेको बताए । डेगुका बिरामी उच्च जोखिमको अवस्थामा आउने गरेको उनको भनाइ रहेको छ । समयमा नै उपचार गराउनु पर्ने उनले बताए । घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले डेगु नियन्त्रणका लागि उपमहानगरपालिकाले अभियान सुरु गरेको बताए । पालिका स्तरीय समिती गठन गरेर अगाडि बढिएको उनले बताए ।
उपमहानगरपालिकाले थप रण निती वनाएर अगाडि वढे समेत बताए । घरघरमा पुग्ने अभियान सुरु गरिने घर्तीले बताए । कार्यक्रममा दंगीशरण गाउपालिका अध्यक्ष सम्भु गिरीले, बंगलाचुली गाउपालिकाका स्वास्थ्य शाखाका इन्द्रा बुढा लगायतकाले भनाइ राखेका थिए ।