Logo

यामाहाको शोरुम काठमाडौंको नक्सालमा

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एमडब्लु इन्टरप्राइजेजले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ ।
नक्सालमा अवस्थित उक्त शोरुम टु ह्वीलर उद्योगकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम रहेको कम्पनीको दावी छ । यामाहाको विश्वव्यापी नयाँ अवधारणा ब्लू स्क्वायरलाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो ।
यामाहाको ग्लोबल मोटर स्पोट्र्स लिगेसीलाई आत्मसाथ गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा शोरुमलाई लिइएको कम्पनीको भनाइ छ ।
स्थापना कालदेखि नै ग्राहकको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ब्लू स्क्वायरको उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्