अटो एक्स्पो दसैं कार मेला

अटो एक्स्पो दसैं कार मेलामा सेकेण्ड ह्याण्ड गाडी बेच्ने र किन्नेहरुको आकर्षण बढेको छ । बुधवारदेखि ‘क्यास अन ह्वील’ ले नेपालमा नै पहिलो पटक दसैं लक्षित अटो एक्स्पो सुरु गरेको हो ।
सेकेण्ड ह्याण्ड गाडी किन्न र बेच्न चाहने मानिसहरुले अटो एक्स्पो दसैं कार मेलामा गएर पुरानो गाडी बेच्ने र नयाँ गाडी खरिद गर्न पाउने सुविधासहित मेला आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकले नेपालमा पहिलो पटक सेकेण्ड ह्याण्ड गाडी खरिद र बिक्री मेलामा मानिसहरुको आकर्षण बढीरहेको बताएको छ ।
क्यास अन ह्वीलका निर्देशक सुवास प्रधानले नेपालमा पहिलोपटक आफूसँग भएको गाडी बेच्न चाहनेहरुलाई एउटै छानामुनि ल्याउने प्रयासमा अटो एक्स्पो आयोजना गरिएको बताए । उनले मेलामा पुरानो गाडीको मूल्य तोकेर बेच्न चाहनेहरुले क्यास अन ह्वील र मेलामा बेच्नसक्ने बताए । उनले मेलाले सेकेण्ड ह्याण्ड गाडी बेच्न चाहने र किन्न चाहनेहरुलाई सहजिकरण गर्ने काम गर्ने बताए । प्रधानले मेलामा १०० वटा सेकेण्ड ह्याण्ड कारहरु बेच्नको लागि आएको बताए ।
त्यस्तै, क्यास अन ह्विलका अध्यक्ष मोहन भण्डारीले नेपालमा अटो एक्स्पोहरुमा नयाँ गाडी किन्ने तर पुरानो गाडी के गर्ने भन्ने समस्या बढ्दै गएकाले यो एक्स्पोले अन्योलतालाई चिर्ने बताए । उनले पुराना गाडी बेच्न ल्याउने र मूल्य निर्धारण गरेर पुरानो गाडी दिएर नयाँ गाडी लिएर जान पाउने सुविधा रहेको बताए ।
भण्डारीले नेपाली बजारमा अटो व्यवसाय क्षेत्रमा माग बढी रहेकाले यस्ता एक्स्पोहरुको आवश्यक रहेको बताए । उनले पुरानो गाडी बेचेर नयाँ गाडी चढ्ने चाहनालाई क्यास अन ह्वीलले पूरा गर्नेपनि बताए । भण्डारीले मेलामा सेकेण्ड ह्याण्ड गाडी र नयाँ गाडीहरुको राम्रो बिक्री भइरहेको भन्दै मेलामा ग्राहकहरुको उल्लेख्य आकर्षण देखिएको बताए ।
१४ असोजसम्म सञ्चान हुने मेला बिहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ । मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ । शोमा २०० भन्दाबढी सेकेण्ड ह्याण्ड गाडीहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् भने सुजुकी, फोर्सको गुर्खा, क्रसफायर लगायत ब्राण्डका नयाँ सवारीसाधनहरू समेत प्रदर्शित छन् । गाडी किनबेच वा एक्सचेन्ज गर्न अहिलेको जमानामा थुप्रै विकल्पमध्ये क्यान अन ह्विल पनि एक माध्यम बनेको छ ।