पठाओको दसैं महोत्सवमा बजाज मोटरसाइकल विजेता घोषणा «

पठाओको दसैं महोत्सवमा बजाज मोटरसाइकल विजेता घोषणा

राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालका राइडर, क्याप्टेन र डेलिभरीम्यानलाई लक्षित गर्दै सन्चालन गरिएको ‘दसैं महोत्सव २०७९’ अन्तर्गत दुई जनाले लक्की ड्र मार्फत बजाज डिस्कभर र पल्सर २२० बाइक जितेका छन् ।
पठाओ राइडर, फुडम्यान र क्याप्टेन सबैका लागि गरिएको बम्पर उपहारमा आदित्य मोक्तानले पल्सर २२० र तारापति बिसीले डिस्कभर १२५ मोटरसाइकल जितेका छन् । मोक्तान र बिसी दुवै जना राइडर हुन् । राइडर, क्याप्टेन र फुडम्यानमध्ये पठाओले बिहीबार लक्की ड्रमार्फत दुई जना छनोट गरेको हो । पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै महोत्सव आयोजना गरिएको पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।
उपहार हस्तान्तरण कार्यक्रममा पठाओ राइडर र डेलिभरीम्यानले इएआईमार्फत बजाजको कुनै पनि बाइक किन्दा ६ हजार क्यासब्याक पाउने बजाज नेपालका हेड अफ सेल्स बासु श्रेष्ठले जानकारी दिए ।
२३ भदौदेखि १२ असोजसम्मका महोत्सव आयोजना गरिएको महोत्सवअन्तर्गत तोकिएको प्रक्रिया पूरा गर्ने ९ जना राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट तीन सातासम्म हरेक हप्ता टिभी, रेफ्रिजरेटर जितेका छन् ।
पहिलो साता राइडर राजु गुरुङ, क्याप्टेन प्रेमबहादुर बराम र फुडम्यान सुकलाल स्याङ्तानले ३२ इन्चको स्मार्ट टेलिभिजन, दोस्रो साताका विजेता राइडर बुद्धवीर तामाङ, क्याप्टेन सुनिलकुमार चौधरी र फुडम्यान सूर्यबहादुर श्रेष्ठले सामसुङको फ्रिज जितेका छन् ।
त्यस्तै तेस्रो साताको विजेता अन्तर्गत ३२ इन्चको स्मार्ट टेलिभिजन राइडर सन्जय श्रेष्ठ, क्याप्टेन सोनाम श्रेष्ठ र फुडम्यान गोविन्द माझीले प्राप्त गरेका छन् । पठाओको दसैं महोत्सवअन्तर्गत तीन सातामा ९ जना र बम्पर पुरस्कारमा २ जना गरी ११ जना विजेता बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्