प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता «

प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच सम्झौता

प्रभु क्यापिटल र क्वेस्ट इन्टरनेशनल कलेजबीच एमओयु सम्झौता भएको छ ।
सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र क्वेस्ट इन्टरनेशनल कलेजका बिबिए डाइरेक्टर ज्योति शेरचनले हस्ताक्षर गरेका छन् । देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो ।
सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बिबिए तहमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटलले सेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिने र कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्नेलगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीसँग सहकार्य गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्