एनआईसी एसिया बैंकको छुट अफर «

एनआईसी एसिया बैंकको छुट अफर

एनआईसी एशिया बैंकले भाट–भटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्टलगायत दर्जनौं मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट पाउने योजना ल्याएको छ ।
यो योजना १ असोजदेखि १५ कात्तिकसम्म लागू हुनेछ ।
भाटभटेनीबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट प्राप्त पाउने बताइएको छ ।
त्यसैगरी, सेल्सबेरी, बिगमार्ट काठमाडौंलगायतबाट विभिन्न सामग्रीहरू खरिद गरी बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत पीएसओ तथा मोबाइल बैंकिङ एनआईसी एसिया बैकमार्फत क्यूआर भुक्तानी गर्दा १० प्रतिशत वा ३०० रुपैयाँसम्म छुट तथा क्यासब्याक उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्