नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबारलगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतीतपत्र, निक्षेप लगायत अन्य बैंकिङ कारोवार, विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी विषयमा सहकार्य हुनेछ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसंग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भएको बताए । उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास समेत व्यक्त गरे ।
नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको बताए । उनले गोरखापत्र संस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीलाई सरल, सहज र प्रतिपस्पर्धि बैंकिङ सेवा प्रदान गर्दै यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिवद्दता व्यक्त गरे ।
नेपालभर २१९ शाखाहरु, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।
विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल राज्यभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।