माछापुच्छरे बैंक र एनसीएचएलबीच सहमति «

माछापुच्छरे बैंक र एनसीएचएलबीच सहमति

माछापुच्छरे बैंकले एनसीएचएलसँगको सहकार्यमा क्यासब्याक अफर ल्याएको छ । दसैं लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यूआरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको हो ।
चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उद्देश्यले क्यासब्याक अफर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यो अफर ८ देखि १४ असोजसम्मका लागि लागु रहने छ । अफरअन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।
साथै, बैंक सँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडवाडलाई लक्षित गरी कपडा एवं जुत्ताको खरिदमा थप १० प्रतिशतसम्मको छुट सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्