सिभिल मलमा सपिङ गर्दा टिभिएसको स्कुटर जित्ने मौका

सिभिल मलले दसैं तिहारको अवसर पारेर आफ्ना ग्राहकलाई विशेष उपहार योजना ल्याएको छ ।
दसैं तिहारमा सपिङ गर्ने उपभोक्ताले टिभिएस एन्टर्क आरटिएफआइ स्कुटर, डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक आइटम, जाम्न डटकमको तर्फबाट पोखराका लागि राउन्ड ट्रिप प्याकेज, दिनहुँ गिफ्ट भौचर र नगद पुरस्कार प्राप्त गर्नेछन् । मलले एक हजार रूपैयाँ वा सोभन्दा बढी रकमको सपिङ गर्ने उपभोक्तालाई लक्षित गरी विभिन्न आकर्षक उपहारको व्यवस्था गरेको हो ।
मलका मार्केटिङ म्यानेजर अमिर ठकुरीका अनुसार यो उपहार योजना ८ असोजदेखि २६ कात्तिकसम्म लागू हुनेछ । चाडपर्वलाई लक्षित गरी मल बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ । मलमा सपिङ गर्ने एक जना भाग्यशाली उपभोक्ताले बम्पर उपहारअन्तर्गत टिभिएसको एन्टर्क आरटिएफआइ स्कुटर पाउने सिभिल मलका मार्केटिङ म्यानेजर ठकुरीले बताए ।
सिभिल मल टिकटक च्यालेन्जमा साप्ताहिक रुपमा आकर्षक पुरस्कारहरू पनि प्रदान गरिनेछ । मलले हरेक वर्ष दसैं तिहारको अवसर पारेर उपहार योजनाहरु ल्याउने गर्छ ।