एशियन लाइफ इन्स्योरेन्सको बोनस पारित «

एशियन लाइफ इन्स्योरेन्सको बोनस पारित

एशियन लाइफ इन्स्योरेन्सको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपककुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन साधारणसभाको बहुमतले अनुमोदन गरेको छ ।
साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ सम्मको संचित नाफाबाट चुक्ता पुँजी २ अर्ब ५३ करोडको १४.५० प्रतिशतले हुन आउने ३६ करोड ८२ लाखको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृतिसोत प्रदान गरेको छ । साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित ०.७६५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०:४० अनुपातलाई बिमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१:४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्