Logo

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति

नेपाल–भारत सीमा सुरक्षा बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको हो ।
असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सीमा सुरक्षासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्पन्न भएको हो । बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको एपीएफका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए । यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्