स्यार्पू पर्यटन मेला उद्घाटन «

स्यार्पू पर्यटन मेला उद्घाटन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा स्यार्पू पर्यटन मेला उद्घाटन भएको छ ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन गरे । स्यार्पु तालको प्रर्वद्धन तथा प्रसारप्रसारको लागि प्रत्येक वर्ष स्यार्पु पर्यटन मेला सञ्चालन गर्ने गरिन्छ ।
उद्घाटन समारोहमा प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको बताए । त्यस्तै पर्यटन मेलाको उद्घाटन समारोहमा सहभागी कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीले सवै पक्ष एक भएर स्यार्पू तालको विकास र प्रचारपासर झन बढाउन आवश्यकता रहेको बताए ।
कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको विकास लागि कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु पनि अघि सारेको उनको भनाइ थियो । स्यार्पू पर्यटन मेला १५ असोजसम्म चल्ने छ । यो अवधिमा विभिन्न अन्य विभिन्न सांस्कृति तथा खेलकुदका कार्यक्रमहरु पनि सञ्चालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्