एसियन टुरिजम फेयरमा सहभागी हुने नेपाली टोली ढाकामा

नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) नेपाली पर्यटन व्यवसायीहरूको सहभागितामा बंगलादेशको ढाकामा आयोजना हुने नवौं एशियन टुरिजम फेयरमा सहभागी भएको छ ।
एशियन टुरिजम फेयर बंगलादेशमा हरेक वर्ष आयोजना हुने एक महत्वपूर्ण कार्यक्रम भएको र उक्त कार्यक्रममा विश्वका विभिन्न देशबाट पर्यटन व्यवसायीले आ–आफ्नो देशको पर्यटन प्रवद्र्धन गर्न प्रदर्शन गर्ने, वि टु वि तथा वि टु सी सञ्चालन हुने छ ।
यस वर्षको प्रर्दशनिमा नेपालबाट १२ पर्यटन व्यवसायीहरु सहभागी हुन बंगलादेश प्रस्थान गरेका छन् । नाट्टाका तर्फबाट कार्यक्रम संयोजन कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल तथा सह संयोजन कार्यसमिति सदस्य श्रद्धा जोशीले गरेका छन् ।